पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर जम्मा १३ हजार २२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण ५२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।
४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।