जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टर (जिम हल) का सञ्चालकलाई पक्राउ गरेको छ ।
जिमखाना सञ्चालक काठमाडौंका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको बताइएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर जिम हल खोल्न रोक लगाएको छ ।