logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई तत्काल १४ लाख डोज कोरोना खोप आवश्यक, डब्लुएचओद्वारा सहयोगको अपील


अंकुरण खबर
949
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपाल कार्यालयले नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक परेको भन्दै विश्व समुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।

डब्लुएचओका नेपाल प्रतिनिधि डा.राजेश पाण्डवले भिडियो सन्देश मार्फत पहिलो डोज लगाएर दोस्रो मात्रको प्रतीक्षामा रहेका १४ लाख नेपालीलाई खोप जरुरी भएको बताएका छन् ।

६५ वर्ष उमेर माथिको उक्त समूह कोरोनाभाइरसको जोखिम वर्गमा रहेकाले तत्काल सहायताको जरुरी रहेको समेत डा. पाण्डवले जनाएका छन् ।