logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिँदै १५ लाख फिरौती माग गर्ने एक जना पक्राउ


अंकुरण खबर
975
Shares

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव रहेका छन् ।

पक्राउ परेका आरोपी यादवले जिल्लाको सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई अपरिचित नम्बरबाट १५ लाख फिरौती माग गरी, नदिए हत्या गर्ने धम्की दिएका थिए ।

अधिकृत श्रीवास्तवलाई ज्यान मार्ने धम्की सहित यादवले फिरौती मागेको अडियोसहितको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ती युवकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

यादव सोही गाउँपालिकामा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार यादवमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको छ।