logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्ची बाढी अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, १३ जना अझै बेपत्ता


अंकुरण खबर
1.547K
Shares

मेलम्ची नदीमा आएको बाढीमा थप तीन जनाको शव भेटिएको छ ।

बिहीबार थप तीन जनाको शव भेटिएकामा दुई चिनियाँ र एक भारतीय छन् । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए । योसँगै बाढीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यसअघि बुधबार सात जनाको शव भेटिएको थियो । बाढीमा १३ जना अझै बेपत्ता रहेको एसपी एसपी राजन अधिकारीले जानकारी दिए । बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेको उनले बताए ।

मेलम्ची नदीमा बिहीबार पनि नदीको बहाव बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नदीमा बाढी घट्दै गएपछि आफ्ना घरभित्रका सरसामान लिन प्रवेश गरेका स्थानीय बाढी आउने चतावनीपछि सुरक्षित ठाउँतर्फ लागेका छन् ।