नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
बिहीबार ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले खोप लगाएका हुन् ।
खेलाडीसँगै अफिसियलले पनि कोरोनाविरुद्धको खोप लगाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
विश्वकप छनोट खेलेर नेपाली टोली आइतबार राति कुवेतबाट स्वदेश फर्किएका थिए ।