logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेता खनालको स्वास्थ्य अवस्था सामान्य


अंकुरण खबर
1.573K
Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

खनाललाई बुधबार नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली लगिएको थियो । नयाँ दिल्ली पुर्याएलगत्तै बुधबार नै खनालको उपचार सुरू गरिएको हो ।

खनालको स्वास्थ्य अवस्था जटिल नरहेको उनका छोरा निर्भिक खनालले जानकारी दिए ।

ज्वरो आएपछि खनाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरेर उपचार गरिएको थियो। रगतमा हेमोग्लोविनको कमी देखिएपछि थप उपचारका लागि खनाललाई दिल्ली लगिएको हो।