logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २६०७ जना कोरोना संक्रमित, ३९ जनाको मृत्यु


अंकुरण खबर
1.326K
Shares

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४ पुगेको छ ।

आज देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ ।