logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने


अंकुरण खबर
1.144K
Shares

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पुनः आधिकारिकता दावी गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको जसपा कार्यकारिणी समिति बैठकले बहुमत सदस्यसहित सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको थियो । दुवै पक्षले कारबाहीको पत्र निर्वाचन आयोगलाई पठाएका थिए। तर आयोगले त्यसलाई अस्वीकार गरेको थियो।

आयोगको निर्णयविरुद्ध बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको थियो।

यता, महन्थ ठाकुर पक्षले बिहीबार पार्टीको कुनै औपचारिक कार्यकारिणी समिति बैठक नबसेको दाबी गरेको छ ।