नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दैछ ।
बिहिबारदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने बताइएको छ ।
यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।
नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डा। महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।
यता, कृयाशील छानमिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई क्रियाशील सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ ।
पार्टीमा क्रियाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ । क्रियाशील छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गरेका छन् ।