logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरूद्ध खोप लगाउन नपाएको पेट्रोल पम्प व्यवसायीहरूको गुनासो, आन्दोलनको चेतावनी


अंकुरण खबर
637
Shares

पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्।

पूर्व सहमति अनुसार खोप लगाउन केन्द्रहरूमा गएका पेट्रोल पम्पमा काम गर्ने मजदुरहरूले खोप लगाउन नपाएको गुनासो गरेका हुन् ।

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ।

खोप लगाउन नपाए शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने एशोसिएसनले चेतावनी दिएको छ ।

खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेकामजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ।

गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो।

नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने सहमति गरेको थियो । तर सहमति कार्यान्वयन हुन नसकेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।