नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्न थालेको छ ।
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य थप १२ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला १२ सय रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा कायम भएको छ ।