logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोठालो जाँदा बेपत्ता भएका सात जना भेटिए सकुशल


अंकुरण खबर
3.094K
Shares

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएका छन् ।

प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं -९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताएका छन् ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको प्रहरीले जनाएको छ ।