नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीतिलाई लक्षित गर्दै सरोकारवाला निकायसँग राय सुझाव माग गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको र आगामी आर्थिक वर्षको लागि पनि तयारी हुँदै गरेकोले आवश्यक सुझाव माग गरेको हो ।
गत वर्ष झैँ साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको हो ।
राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभागको इमेलमा आवश्यक सुझाव तथा राय दिएर सहयोग गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ । सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गरिसक्नुपर्नेछ ।
