मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर ‘मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरेको छ ।
नगरपालिकाले संकटका बेला सहयोग गर्न अपिलसमेत गरेको छ । मंगलबार मेलम्ची र ईन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो ।
बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ।
