गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताप्रति केन्द्रीय नेता र दल नै सकरात्मक नरहेको बताएका छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पेश गरेको विश्वासको प्रस्तावपछि बोल्दै नेकपा एमालेका संसदीय दलका नेता गुरुङले कर्मचारीतन्त्रदेखि केन्द्रका सिंगो नेतृत्व तहसमेत संघीयताको विरुद्धमा रहेको दाबी गरेका हुन् ।
संविधानसभाबाट संविधान लेखिरहँदा क कसको संयोजक रहेको उनले त्यतिबेलादेखि नै संघीयतालाई कसले कसरी लिएका छन् भन्ने छर्लङ्ग रहेको जिकिर गरे ।
संघीयताको भावना र मर्म अनुसार चल्ने सबै दल र सरकारलाई आफ्नो समर्थन रहने उनले बताए । गण्डकी प्रदेश सरकारले प्रदेशको संरचना र प्रणाली नभत्काउन पनि उनले चेतावनी दिएका छन् । उनले संघीयताप्रति गर्व गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।
जातीय र सांस्कृतिक सद्भाव बचाउन गण्डकी प्रदेशको जातीय नामकरण नगरिएको उनको भनाइ छ ।