logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यार्सागुम्बा खोज्न जाँदा हराएका ७० जनाको हेलिकप्टरबाट उद्धार


अंकुरण खबर
780
Shares

मनाङमा यार्सागुम्बा सङ्कलनका क्रममा लेकमा रोकिएका ७० जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

उद्धार गरिएको सबैलाई आफ्नै गाउँ मनाङकै फु गाँउमा पु्र्याइएको छ। मनाङको नार्फाभुमि गाउँपालिका-५ फु गाउँका स्थानीय बासिन्दा जेठ १५ गते नै यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेका थिए।

उनीहरू सम्पर्कविहीन भएको जानकारी आएलगत्तै खोजी कार्य थालिको थियो। अविरल वर्षापछि पहिरो गएका कारण उनीहरु लेकमै अलपत्र परेका थिए।

मनाङका पूर्वसांसद पाल्देन छोपाङ गुरुङ स्वयं सुरक्षाकर्मीहरूका साथमा अल्टिच्युड एयरको हेलिकप्टर लिएर अलपत्र परेकाहरूको उद्धारमा खटिएका थिए।