logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा ७३० वटा सवारी साधन प्रहरी नियन्त्रणमा


अंकुरण खबर
793
Shares

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा शुक्रबार पनि जारी छ ।

निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी साधनको अत्याधिक चाप देखिएको छ । ट्राफिक महाशाखाले काठमाडौं उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजिवन सहज हुनेगरि निषेधाज्ञा गर्ने तयारी सरकारको छ ।

यस्तै, शुक्रबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७३० ओटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा ५६५ ओटा दुई पाङग्रे, ११४ ओटा चारपाङ्ग्रे, २६ ओटा ट्याक्सी र २५ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।