logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतमाथि मत विभाजन सुरु


अंकुरण खबर
676
Shares

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावमाथि निर्णय लिन मत विभाजन सुरु भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमाथि छलफल सकिएपछि मत विभाजन सुरु भएको हो ।

छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत एमाले सांसदहरूले विश्वासको मत दिन नसकिने बताएका थिए । यस्तै, कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदले विश्वासको मत दिने बताएका थिए ।

मुख्यमन्त्री गुरुङको पक्षमा स्वतन्त्र सांसद राजीव गुरुङसहित ३१ सांसद छन् । विपक्षमा एमालेका २७ सांसद छन् ।