सक्रिय मनसुनका कारण आज पनि देशका विभिन्न भागमा भारी वर्षाको संभावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले विशेषतः प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको संभावना रहेकोले सतर्क रहन आह्वान गरेको छ । अन्य स्थानमा भने हल्का वर्षाको संभावना छ ।
आज राती पनि केही स्थानहरुमा मेघगर्जन,चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
अझै केही समय मौसम यस्तै रहने हुँदा बाढी पहिरो र नदी,खोलामा पानीको वाहव बढ्ने संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।