logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी नरोकिएपछि अनुसन्धानका लागि विज्ञको टोली आज मेलम्ची जाँदै


अंकुरण खबर
3.159K
Shares

सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानी नपर्दा पनि बाढी आउने क्रम नरोकिए पछि अनुसन्धानका लागि आज विज्ञको टोली मेलम्ची जाने भएको छ ।

पटक-पटक प्राकृतिक प्रकोपको चपेटामा फसेको सिन्धुपाल्चोकमा मेलम्ची र इन्द्रावती नदीमा पानी नपर्दा पनि बाढी नरोकिए पछि आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुसन्धानको लागि विज्ञ टोली पठाउन लागेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

प्रमुख पोखरेलका अनुसार पानी नपर्दा पनि नदीमा बाढी किन आयो भन्नेर अध्ययन गर्न नदीको शिरमै गएर अध्ययन गरि बाढी आउँनुका वास्तिविक कारण पत्ता लगाउने छ ।

बाढीले सडक बगाउँदा अहिले माथिल्लो भाग हेलम्बु,पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि राहत पुर्याउन समस्या भएको छ ।