logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिने, तीन जिल्लाको बैठक आज बस्ने


अंकुरण खबर
1.326K
Shares

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने तयारी गरिएको छ ।

निषेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बुझिएको छ ।

कोभिड-१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । तर यसबारेमा सिसिएमसीले अझै निर्णय गरेको छैन । आज सिसिएमसीले यस बारेमा निर्णय गर्नेछ । निर्णयपछि यस बारेमा प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्नेछन् ।

असार ८ गतेबाट फेन्सी, होटेल, होलसेल पसल खुलाउने तयारी गरेको बताइएको छ । सवारीसाधनमा जोर(बिजोर नियम लागू समेत हुनसक्नेछ ।

पछिल्ला केही दिनयता उपत्यकामा संक्रमितको संख्यामा कमी आएसँगै अबदेखिको लकडाउन पहिलाको तुलनामा धेरै सहज हुने विश्वास गर्न सकिन्छ ।

उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।