प्रहरीले तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानीमार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १६५ रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।