काठमाडौं उपत्यकामा पछिल्लो समय लगाएको निषेधाज्ञा भोलि अर्थात असार ७ गते सकिँदै छ।
अब थपिने निषेधाज्ञा झन् खुकुलो बनाउने तयारी गरिएको छ। उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरु अब के(के खुला गर्न दिने भन्नेबारे छलफलमा जुटेका छन्।
आज साँझ ५ बजे बस्ने सिडिओको बैठकले यसबारे निर्णय गर्ने छ। अधिकारीहरुका अनुसार उपत्यकामा अब नीजि सवारी साधनलाई चलाउन दिनेबारे छलफल भएको छ। तर, जोर(विजोर गर्ने वा कसरी खुलाउने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।
यस्तै, खाद्यान्न पसलहरु पनि दिउसोसम्म खोल्न दिनेबारे छलफल भएको छ। अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिने तयारी छ।