पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन् ।
आज देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।