logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थपियो एक साता निषेधाज्ञा, निजी सवारीमा जोरबिजोर प्रणाली


अंकुरण खबर
858
Shares

निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने गरी काठमाडौं उपत्यका प्रशासनले एक साता निषेधाज्ञा लम्ब्याएको छ । ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस्तै, थपिएको निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा पसल खोल्न समय निर्धारण गरिएको छ । अब आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला रहनेछन् ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यो पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । हार्यवेयर पसल, पस्तुक पसलहरू समेत खुल्नेछन् ।

खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका प्रशासनले वैशाख १६ निषेधाज्ञाको आदेश जारी गरेको थियो, जसलाई विभिन्न समयमा थप गर्दै अहिलेसम्म निरन्तरता दिइएको छ ।