logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार


अंकुरण खबर
2.535K
Shares

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

स्वास्थ्यमा सुधार हुँदै गएपछि अक्सिजन सपोर्ट पनि हटाइसकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

नेता खनाल र आफूबीच आइतबार कुराकानी भएको सुनाउँदै उनले ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको भए पनि थप उपचारका लागि केही समय अस्पतालमा बस्ने जानकारी आएको बताए ।

स्वास्थ्यमा जटिलता देखिएपछि नेता खनाल एक साताअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यहाँका चिकित्सकहरूको सुझावपछि उनलाई थप उपचारका लागि बुधबार नयाँ दिल्ली लगिएको थियो ।