logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा प्रधानमन्त्रीको योगाशन, मनको भाव शान्त पार्न योग आवश्यक


अंकुरण खबर
2.041K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको समारोहलाई सम्बोधन गर्दै ओलीले नेपालमा करिब १५ हजार वर्ष अघि नै योग शुरु भएको बताए ।

आदि योगको भूमीको रुपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरुको महत्वपूर्ण भुमिका रहेको ओलीको भनाइ थियो । मानव, जीव, अन्यजीव र प्रकृतिसँग जोडिएको शब्द नै योग भएकोले हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन् । योगकै कारण अधिकांश नेपाली स्वथ्य भएको उनको दाबी थियो ।

हरेक वर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेको स्मरण गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रीहरु, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।