logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डोटीमा सर्पको टोकाइबाट १३ वर्षीया बालिका घाइते


अंकुरण खबर
1.17K
Shares

डोटीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् ।

सर्पको टोकाइबाट जिल्लाको शिखर नगरपालिका–१० बान्डुग्रीसैन बस्ने प्रेम भुलकी १३ वर्षीया छोरी कल्पना भुल घाईते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार आइतबार बिहान ११ बजे तिर घर नजिकै खेतमा घाँस काटिरहेको बेला सर्पले टोकेको हो । उनको बायाँ हातमा सर्पले टोकेको छ ।

भुलको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।