logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट


अंकुरण खबर
936
Shares

६५ वर्षदेखि ७५ वर्षसम्मका वृद्धवद्धा जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

आज रिट निवेदक चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेका हुन् ।

त्यस्तै उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गर्दै छन् ।

६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धाहरुलाई गत फागुन २३ गतेदेखि पहिलो डोज र जेठ १५ गतेसम्म दोस्रो डोज खोप लगाउने समय रहेको थियो । तर सरकारले त्यस समयाधवीमा विभिन्न बाहानामा खोप लगाउन आलटाल गरेको भन्दै आज रिट निवेदन दर्ता गरिएको अधिवक्ता पौडेलले जानकारी दिए ।