logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम रहन्छ : प्रचण्ड


अंकुरण खबर
689
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाउँदै लगिने बताएका हुन् ।

‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबीच समझदारी भएको छ’, प्रचण्डले भने, ‘हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस् ।’ विपक्षी गठबन्धनमा रहेको एकता विभाजन नआउने अध्यक्ष प्रचण्डको भनाइ छ ।