logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बैंकले १ अर्ब ५ करोड निक्षेप उपलब्ध गराउने


अंकुरण खबर
845
Shares

बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ५ करोड रुपैयाँ वर्षे मुद्दती निक्षेप रुपमा रकम पाउने भएको छन् ।

नेपाल राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख तथा ग वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ निक्षेपमा जम्मा गर्ने भएको हो ।

राष्ट्र बैंकले उपलब्ध गराउने निक्षेप पाउनका लागि न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ ।

त्यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको लगायतका शर्तहरु पालना गरेको हुनुपर्ने सर्त राखेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम ब्याजदरसहित बोलपत्रमा सहभागी हुन पाउने छन। राष्ट्र बैंकले बचत गर्ने यो रकमले तरलता सहजताका लागि सहयोग हुनेछ ।