logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यौन दुर्व्यवहारको अभियोगमा शिक्षक पक्राउ


अंकुरण खबर
702
Shares

यौन दुर्व्यवहारको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

मनाङ जिल्ला नार्पाभूमी गाउँपालिका–१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षकलाई पक्राउ गरेको हो ।

नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीको भनाइ छ ।