नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा केहि दिनदेखि निरन्तर गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।
आज सोमबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ४१ विन्दुमा थामिएको हो । त्यस्तै, आज नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज उच्च अंकको गिरावट आएको बजारमा एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको शेयर घटेको छ । आज पनि फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो । आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ ।
त्यस्तै, आज कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।