रुपन्देहीमा मंगलवारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारीमा जोरविजोर प्रणाली र सरकारी कार्यालय समेत खोल्नेगरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाका अनुसार, जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्नेछ । यो निजी सवारी साधनको लागि मात्र हो । सार्वजनिक सवारी साधन अझै खुला भएको छैन ।
यस्तै, डीसीसीएमसीको बैठकले भोलिबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यसअघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।