logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीका जसपा सांसदको मुद्दा पूर्ण इजलासमा पठाइयो


अंकुरण खबर
3.003K
Shares

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ।

आज (सोमबार) न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट गर्ने निर्णय गरेको हो।

पार्टीको निर्देशनविपरीत मतदान गरेपछि कारबाहीमा परेका ती सांसदहरूले त्यसविरुद्ध सवोच्च अदालतको ढोका ढक्ढक्याएका थिए। त्यतिबेला सर्वोच्च अदालतले निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो।

लुम्बिनी प्रदेशसभाले प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको थियो। त्यसविरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए। जसपा केन्द्रीय कार्यकारिणी समितिको पत्रका आधारमा परुदेशले सो निर्णय लिएको थियो।

मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध वैशाख ६ गते माओवादी केन्द्र, कांग्रेस र जसपाले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। तर मुख्यमन्त्री पोखरेलले तत्काल जसपा महन्थ ठाकुर पक्षका तीन सांसदलाई मन्त्री र एकजनालाई राज्यमन्त्री नियुक्त गरेपछि उनीहरू अविश्वासको प्रस्तावको विपक्षमा उभिएका थिए।