logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २२७९ संक्रमित, ३,१३० जना संक्रमणमुक्त


अंकुरण खबर
1.144K
Shares

पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

१० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पिसिआरआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

आज ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोना मृत्युदर १.५ प्रतिशत रहेको जनाइएको छ ।

हाल नेपालमा रहेका ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमितमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । ८ सय ११ जना आईसीयू तथा २ सय ३७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।