logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोरपाटीबाट १० जना जुवाडे पक्राउ


अंकुरण खबर
1.3K
Shares

गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त उद्योगमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कोरोना महामारीको बेला पेशेवर रुपमा उनीहरुले जुवा खेलेको प्रहरीले जनाएको छ ।