logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु


अंकुरण खबर
715
Shares

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिँदा मोटरसाइकलमा सवार गोर्खा भिमसेन थापा गाउँपालिका-८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर अस्पताल पुर्याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

मृतकका भिनाजु सीताराम परियार घाइते छन् । उनको उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।