logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने (सूचनासहित)


अंकुरण खबर
780
Shares

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ ।

असार ९ गते (बुधबार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ ।

यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ । बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरुलाई दिइनेछ ।

खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनुपर्नेछ । त्यस्तै सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गरिने महानगरले जनाएको छ ।

सूचनासहित: