logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थपिए ४५२२ जना कोरोना संक्रमित, ४१ जनाको मृत्यु


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो ।

जसमध्ये १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमार्फत ८१९ जना संक्रमित पुष्टि भएका हुन् ।

आज देशभर ४ हजार ५४४जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल संक्रमित निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ ।