आज बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
फोन नलाग्नुका साथै एसएमएस डेलिभर भएको छैन । समस्या हुनुको विशेष कारण नखुलाए पनि देशैभर पोष्टपेड र प्रिपेडको नम्बरमा यो समस्या आएको नेपाल टेलिकमले जनाएको छ । समस्या समधान गर्न प्राविधिकको टोली लागिपरेको टेलिकमले जनाएको छ । बिहानैदेखि फोन गर्दा ‘कल इण्ड’ देखाउँछ ।