logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा चोरको हत्या गरेको आरोपमा दुई जना साधु पक्राउ


अंकुरण खबर
819
Shares

बारा प्रहरीले चोरलाई हत्या गरेको आरोपमा मन्दिरका दुई जना साधुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका वडा नं.३ फुलवरिया टोल बस्ने ३५ बर्षीय पारस महतो धानुक र बिश्रामपुर गाउँपालिका वडा नं.२ बरैनिया टोल बस्ने ७२ बर्षीय बिरबहादुर यादब रहेका छन् ।

मन्दिरमा चोरी गर्न गएका बरैनिया बस्ने २५ बर्षीय भादो भन्ने बिरेन्द्र बैठालाई चिम्टा र भाटाले पिटेर हत्या गरेको प्रहरीले जनाएको छ । चिम्टा र भाटाले पिट्दा मृत्यु भएको बैठाको शब सडक पेट्टीमा फालेका थिए ।

तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान गर्दा हत्याराहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बैठाको यही असार ३ गते हत्या गरेको अवस्थामा शब बाटोमा फेला परेको थियो ।