काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा महिलाको शव फेला परेको छ ।
अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको प्रहरीको भनाइ छ ।
मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको छ । घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क पनि भेटिएको छ । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।
घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ ।