logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिणकालीमा फेला परेको शव युट्युबमा भाइरल सन्तोषी सुब्बाको भएको पुष्टि (अपडेट)


अंकुरण खबर
1.287K
Shares

बुधबार बिहान दक्षिणकालीमा फेला परेको शवको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार शव विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको खुलेको हो ।

टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको, अनुहार क्षतविक्षत भएको अवस्थामा रहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले बताए ।
उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको छ ।

प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा पुर्याएको छ । प्रहरी र चिकित्सकको टोलीले उनी गर्भवती भएको आशंका गरे पनि पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुने बताइएको छ ।