logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा ८८ हजार नगद सहित जुवाडे पक्राउ


अंकुरण खबर
689
Shares

ओखलढुंगामा ८८ हजार ४ सय नगद सहित ४ जना जुवाडे प्रहरी फन्दामा परेका छन् ।

प्रहरीले सदरमुकामको रामबजारबाट नगद सहित ४ जना खेलाडी पक्राउ गरेको हो ।

सिद्धिचरण नगरपालिका ११ रामबजारमा रहेको निरज एण्ड निराजन होटलमा जुवातास खेली रहेको अवस्थामा अवस्थामा होटल सञ्चालक नृपबहादुर खत्री सहित, तेजबहादुर खत्री, प्रकाश तामाङ र बाबुराम कट्वाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

नेता व्यापारी सहित विभिन्न पेशाकर्मीहरुले जुवातासको खेल्ने गरेको सुचनाका आधारमा जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेको नेतृत्वको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अनुसन्धान गरि राखिएको र उनीहरु विरुद्ध आवश्यक कानुनी कारबाही थालिएको उनको भनाइ छ ।