logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा


अंकुरण खबर
793
Shares

रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन।

बबरमहलकी सरस्वती प्रधानलाई बुधबार प्रहरीले जमानतमा रिहा गरेको हो । उनीविरुद्ध २४ वर्षीया रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।

३ दिन अघि पक्राउ परेकी उनलाई जमानतमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि रिहा गरिएको हो।

यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।