पछिल्लो २४ घन्टामा २ हजार ४ सय २१ कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको पिसिआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा एक दिनमा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
देशभरका प्रयोगशालाहरुमा गरी ७ हजार ४ सय ६१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।कोरोना संक्रमणबाट देशभरिमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ।
त्यस्तै ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० पुगेको छ।