जसपाका अध्यक्ष महन्थ ठाकुरले आज आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन् ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे प्रतिनिधिसभाका निवर्तमान सांसदहरुको बैठक बोलाइएको हो।
सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत आफ्ना मन्त्रीहरूलाई पदमुक्त गरिदिएपछि अब कसरी अगाडी बढ्नेबारे छलफल हुने छ। पार्टीलाई धोका दिएर सरकारमा गएका ठाकुर पक्ष अब मन्त्री पद पनि नरहेपछि घरको न घाटको स्थितिमा पुगेका छन्।
जसपामा उपेन्द्र यादव पक्ष भने अर्कै मोर्चा बनाएर हिँडेको छ । यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध भएर केपी ओलीको कार्यशैलीविरुद्ध सडक संघर्षमा छ । ठाकुर पक्षलाई माफी दिने मनसायमा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव छैनन् ।
यस्तोमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन बैठक बस्न लागेको जसपाले जनाएको छ । पार्टीभित्र देखिएको विवादको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।