दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले दक्षिणकाली क्षेत्रबाट एक पुरुषलाई पक्राउ गरेको हो ।
सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । तर, पक्राउ परेका आरोपितले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् ।
पक्राउ परेका आरोपीलाई केहीबेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महाशाखाले जनाएको छ ।
पशुपन्छीको आवाज नक्कल गर्ने क्षमता भएकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासँग बस्दै आएकी थिइन् । काभ्रेका धर्मबहादुर तामाङले चाबहिलमा उनलाई करिब ९ वर्षको भेटेका थिए ।
त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिँदै आएका थिए । पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि लैजाने गरेका थिए ।